काठमाडौं-नेपालको वायु गुणवत्ता निकै अस्वस्थकर स्तरमा पुगेको छ। राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ। आईक्यू एयरको बिहानको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ।
आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ। यसलाई अस्वस्थकर मानिन्छ। हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ।
पहिलो स्थानमा भारत र तेस्रोमा पाकिस्तान छन्। त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेको छ।
गत मंगलबार र शुक्रबार भने विश्वकै प्रदूषित शहरहरुको सूचीमा काठमाडौं पहिलो नम्बरमा थियो।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांक अनुसार ०-५० हुँदा राम्रो, ५१-१०० हुँदा मध्यम, १०१-१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१-२०० अस्वस्थ, २०१-३०० निकै अस्वस्थ मानिन्छ। ३०१ भन्दा माथि भएमा खतरनाक तहमा पुगेको संकेत गर्दछ। नेपालको राजधानी काठमाडौंको वायुको गुणवत्ता निकै अस्वस्थ रहेको भनेर प्याजी रंगले संकेत गरिएको छ।
प्रतिक्रिया