अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (सोमबार) रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउँदैछ।

रूपन्देहीको बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार राति काठमाडौंबाट पक्राउ गरी भैरहवा लगिएका लामिछानेलाई आज रूपन्देही प्रहरीले जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो। अदालतमा उपस्थित गराई प्रक्रिया पूरा गरेपछि आजै लामिछानेलाई थुनामा पठाइने तयारी प्रहरीको छ।

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याउँदै शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो ।

जिल्ला अदालतले त्यसअघि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश गरेको थियो । त्यस आदेश बदर गरी साधारण तारेखमा छुट्ने आदेशको माग गर्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले जिल्लाको आदेश उल्ट्याएर थुनामा पठाउन भनेपछि उनलाई काठमाडौंस्थित निवासबाट पक्राउ गरी रूपन्देही पठाइएको थियो ।