काठमाडौं-आज मन्त्रीपरिषद्को बैठक बस्दैछ। बैठक सोमबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ।
आजको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना छ। २०७६ चैत २५ गतेबाट गभर्नरको कार्यभार समाल्नुभएका महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल सकेर यही चैत २२ गते विदा भएका हुन्। त्यसैले सरकारले राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तीको सम्भावना छ।
मन्त्रिपरिषद् बैठकपछि आजै साँझ पाँच बजे विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सत्रौँ बैठक पनि प्रधामन्त्री कार्यालय सिंहदरबारमै बस्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
प्रतिक्रिया