अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन रोकिन्छ: मन्त्री दाहाल

गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन रोकिन्छ: मन्त्री दाहाल


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले गृहमन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाईने बताउनु भएको छ।

सोमबार मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुसँगको छलफलमा मन्त्री दाहालले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृहमन्त्रालयसँग समेत समन्वय गरिने बताउनु भएको हो।

यसैगरि निर्माण स्थलहरुमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक रुट तथा डाईभर्सनको व्यवस्थापनलाई समेत प्राथमिकता दिईने उहाँले बताउनुभयो । काठमाडौ र पूर्वी नेपाललाई जोड्ने बीपी राजमार्ग मर्मतलाई तिव्रता दिईएको भन्दै उहाँले वैकल्पिक सडकको रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाईएको उल्लेख गर्नुभयो ।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले यातायात सञ्चालनलाई व्ववस्थित बनाउन गृहमन्त्रालय, ट्राफिक प्रहरी लगायतका निकाय तथा संघीय सरकारहरुसँग थप समन्वय गरिने बताउनुभयो। दाउन्ने सडक खण्डमा भइरहेको निर्माण कार्यका कारण सवारी साधन तथा यात्रुहरुलाई परेको समस्या प्रति मन्त्रालय गम्भिर रहेको भन्दै मालवाहक तथा यात्रुवाहक गाडीलाई उपयुक्त समय मिलाएर पास हुने व्यवस्था मिलाईएको बताउनुभयो। सो खण्डको निर्माणलाई पहिलो प्राथमिकतामा राखिएकाले चाँडै यातायात सहज पारिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा यातायात व्यवसायी महासंघका अध्यक्ष बिजय स्वाँर, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, महासचिव डेगनाथ गौतम, विभिन्न मजदुर संगठनका प्रतिनिधी लगायतको सहभागीता रहेको थियो । यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेल, उपमहानिर्देशकहरु लगायतको उपस्थिति थियो।