अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कोशी प्रदेशबासीलाई प्रधानमन्त्रीले भन्नुभयो : पाँचवर्षमा यहाँको गरिबी शुन्यमा झारिन्छ

कोशी प्रदेशबासीलाई प्रधानमन्त्रीले भन्नुभयो : पाँचवर्षमा यहाँको गरिबी शुन्यमा झारिन्छ



दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नयाँ आर्थिक वर्षको नीति र बजेटको तयारीमा रहेको बताउनुभएको छ ।
दमकमा आयोजन गरिएको विशाल जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या र भूमि समस्या समाधान गर्न सरकारले संसदको अधिवेशनको सुरुवातमा नै गरिने बताउनुभयो ।
कोशी प्रदेशमा करिब ११ प्रतिशत जनता रहेकोमा आगामी ५ वर्षमा त्यसलाई शुन्यमा झारिने प्रधानमन्त्रीले बताउनुभयो । कृषिको आधुनिकिरण र मेसिनीकरण गर्न किसानलाई सुझाव दिनुभयो । समुह र सहकारी मार्फत खेतिपाती गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले कृषि सुपर जोनबाट झापाले फाइदा िलन नसकेको बताउनुभयो । उहाँले व्यक्तिगत खेति प्रणालीले किसानलाई उभो नलगाउने भएकोले सामुहिकतामा विश्वास गर्न उहाँले सुझाव दिनुभएको छ । किसानलाई सामुहिकता खेतिको सफलता देखाउने भ्रमणका कार्यक्रमहरु राख्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।