काठमाडौं-नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (महासंघ)काे केन्द्रीय अध्यक्षमा लक्की चाैधरी निर्वाचित हुनुभएको छ।
अर्का अध्यक्षका उम्मेद्वार अमरध्वज लामाले उम्मेदवारी फिर्ता लिएपछि लक्की चाैधरी अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो।
यस्तै फाेनिजकाे वरिष्ठ उपाध्यक्षमा सरू रानामगर निर्विराेध हुनुभएको छ। फाेनिजकाे लेखा समिति संयाेजकमा गजेन्द्र राई निर्वाचित हुनुभएको छ।
यस्तै प्रदेश १ काे प्रदेश इन्चार्जमा राई निर्वाचित भएका छन् भने लुम्बिनी प्रदेशकाे इन्चार्जमा राजेन्द्र गुरुङ निर्वाचित भएका छन्।
यस्तै उपाध्यक्ष, महासचिव, सचिव र खुल्ला सदस्यमा निर्वाचन हुने निर्वाचन अधिकृतले जानकारी दिनुभयो।
प्रतिक्रिया