अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वीरगञ्ज तनाव समाधान गर्न सर्वपक्षीय बैठक

वीरगञ्ज तनाव समाधान गर्न सर्वपक्षीय बैठक


वीरगञ्ज-पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको तनाव समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक जारी छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अहिले बैठक भइरहेको उनको सचिवालयले जनाएको छ।

बिहान साढे ७ बजेदेखि छलफल भइरहेको जनाइएको छ । शनिबार दुई समुदायबीच झडप भएपछि वीरगञ्जमा शनिबार साँझ ६ः३० बजेदेखि आज आइतबार दिउँसो १२ बजेसम्मका लागि कफ्र्यु लगाइएको छ। यहीबीच पर्साका प्रशासन प्रमुख, प्रहरी प्रमुखको उपस्थितिमा राजनीतिक दललगायत सरोरकारवाला सबै पक्षलाई सहभागी गराई सर्वपक्षीय बैठक आयोजना गरिएको छ ।

नारायणी अस्पतालमा शनिबार राति उपचाररत नेपाल प्रहरी र सशस्त्र प्रहरी ।