काठमाडौँ-नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सोमबार बिहान साढे ११ बजे बस्नेगरी बैठक बोलाइएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।
बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ। साथै पार्टीको आवश्यक कार्यका सम्बन्धमा पनि बैठकमा छलफल हुने बताइएको छ।
एमालेले वैशाख ११ गते लोकतन्त्र दिवसको अवसर पारेर युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने जनाइएको छ।
प्रतिक्रिया