काठमाडौं-नव वर्ष २०८२ को पहिलो दिन पशुपतिनाथको मन्दिरमा दर्शन गर्नेको घुइँचो लागेको छ । बागमती नदीको किनारमा रहेको मन्दिर काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल हो । नेपाल एवं भारतका दर्शनार्थीहरु वैशाख १ गते बिहानैदेखि पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका थिए ।
प्रतिक्रिया