काठमाडौ-नेकपा एमालेले अलिहेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको बताएको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै त्यसमा कुनै सत्यता नभएको बताएको छ।
अध्यक्ष प्रचण्डले हिजो चितवनमा नयाँ वर्षसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्ति दिनुभएको थियो।
सोमबार बसेको एमाले सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले प्रचण्डमा सरकार बाहिर रहँदाको कुण्डा प्रकट भइरहेको दाबी गर्नुभयो।
‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ। यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हो। अहिले मुलुकका सामु जेजस्ता समस्या छन्, त्यहाँ कहीँ पनि सरकार परिवर्तनको चर्चा हुने पनि कुरा न नेपाली जनताले त्यसलाई मन पराउँछन्,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘न त्यो कुनै समाधान हो। न त्यस्तो कुनै सम्भावना छ। असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कुनै कारण छैन। त्यस्ता कुनै राजनीतिक घटनाक्रमको कुनै पनि सम्भावना देख्दिनँ।’
प्रतिक्रिया