बागलुङ-बागलुङमा पिकअप जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जीप दुर्घटना भएको हो।
तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै गरेको ग. १ ५७०५ नम्बरको पिकअप जीप उकालोमा ब्रेक फेल भई दुर्घटनामा परेको जनाइएको छ।
दुर्घटनामा तमानखोला गाउँपालिकाकी सहायक प्रशासकीय अधिकृत गलकोट नगरपालिका-१ की ३० वर्षीया मुना विक, नायब पशु शाखा प्राविधि जुम्ला कन्कासुन्दरी गाउँपालिका-२ का २६ वर्षीय प्रेम रावल, सहायक लेखा अधिकृत रुकुम पश्चिम बाँफिकोट गाउँपालिका-६ का ३२ वर्षीय सुदर्शन कुसारी, कार्यालय सहयोगी तमानखोला गाउँपालिका-२ का २९ वर्षीय सचिन विक, प्राविधिक साहयक रुकुम पश्चिम चौरजहारी नगरपालिका-१३ का २३ वर्षीयको नवीन मल्ल घाइते भएका छन् ।
प्रतिक्रिया