विराटनगर-सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ। सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा शिव कुमार महतो घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार घटना सुनसरी सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा साँझ ६ः४५ बजे भएको हो। अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको हो।
महतोलाई कम्मरदेखि मुनि गोली लागेको छ। घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
शिव कुमारको भने नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर छ ।
प्रतिक्रिया