अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुनिता डंगोल इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’ घोषित

सुनिता डंगोल इकोनोमिक फोरमको ‘योङ ग्लोबल लिडर’ घोषित


काठमाडौं-काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल वर्ल्ड इकोनोमिक फोरमकी ग्लोबल लिडर घोषित हुनुभएको छ।

स्थानीय लिपीहरूको संरक्षणदेखि राजधानीको उपप्रमुख समेतको स्थानमा आउन सफल भएको भन्दै फोरमले विश्वका ११४ युवाहरूमध्येमा डंगोल पनि पर्न सफल हुनुभएको हो।

उहाँसँगै विश्वका विभिन्न देशका मन्त्रीहरु, सांसद, वैज्ञानिक, व्यापारी,उद्यमी गरेर छनौट भएका ११४ युवाहरूमध्येमा उपप्रमुख डंगोल पनि पर्न सफल हुनुभएको हो।

वर्ल्ड इकोनोमिक फोरमले डंगोलबारे आफ्नो वेबसाइटमा सानै उमेरदेखि सार्वजनिक जीवनमा सक्रिय रहेकी, स्थानीय लिपिहरूको संरक्षणका लागि युवाहरूको नेतृत्वमा सञ्चालित ‘क्यालिजात्रा’ अभियान सुरु गरेकी, मिस नेवा प्रतियोगिता जितेकी र काठमाडौं महानगरपालिकाको सिटी प्लानिङ आयोगमा हालसम्मकै कान्छी सदस्यका रूपमा नियुक्त भएकी लगायतका विषय उल्लेख गरेको छ।

यसैगरी, २९ वर्षको उमेरमा सुनिताले काठमाडौं उपमहानगरकी उपप्रमुख पदमा देशभरका ७५३ पालिकामध्ये सबैभन्दा बढी मतान्तरले विजयी भएको, पछिल्ला वर्षहरूमा उनले अक्सफोर्ड विश्वविद्यालय र वर्ल्ड टुरिज्म सिटिज फेडेरेसन सम्मेलनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा नेपालको प्रतिनिधित्व गर्दै विचार प्रस्तुत गरेको कुरालाई पनि उल्लेख गरिएको हो।