अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते


तनहुँ-पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका-४ गल्छिनामा गए राति दुई वटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एकको मृत्यु भएको छभने दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३ कवासेका १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको  रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किँदा लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। 

उहाँका अनुसार दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन्। घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।