अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

देश बनाउने पार्टी एमाले मात्रै हो: शंकर पोखरेल

देश बनाउने पार्टी एमाले मात्रै हो: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली समाजको पुराना कुरा सम्झिने बानी निक्कै कमजोर भएको बताउनुभएको छ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले विगतमा राजतन्त्रले गरेको शोषण र अत्याचार सम्झिन आग्रह गर्नुभयो। राजतन्त्रको समाज अँध्यारो समाज भएको महासचिव पोखरेलले बताउनुभयो।

देश लोकतन्त्र आएपछि विकासको पथमा अघि बढिरहेको महासचिव पोखरेलले बताउनुभयो। तर जति आवश्यकता हो त्यस अनुसार विकासको गति अघि बढ्न नसकेको उहाँको धारणा छ। ‘राजनीतिक स्थिरताको अभावमा जति काम हुनु पर्ने हो त्यति हुन सकेको छैन’, महासचिव पोखरेलले भन्नुभयो।

देश बनाउने हो भने अब राजनीतिक स्थायित्वको दिशामा जान जरुरी रहेको उहाँले बताउनुभयो। त्यसको लागि नेपालमा बलिया राजनीतिक दल आवश्यक रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। देश विकासको लागि दूरदर्शी नेतृत्व, बलिया राजनीतिक पार्टी र राजनीतिक स्थिरता चाहिने महासचिव पोखरेलले बताउनुभयो।

जो देशको लागि काम गर्न सक्षम त उसै माथि आक्रमणको प्रयास भइरहेको महासचिव पोखरेलले बताउनुभयो। सक्षम नेतृत्वलाई खुइल्याउने काम भएको महासचिव पोखरेलले बताउनुभयो। आफ्नो सबै सम्पत्ति आफ्नो शेष पछि राष्ट्रको नाममा हस्तान्तरण गर्ने व्यक्तिलाई भ्रष्टाचारीको आरोप लगाउने काम भएको भन्दै महासचिव पोखरेलले निन्दा गर्नुभयो।

अब देश बनाउने पार्टी नेकपा एमाले नै भएको बताउँदै उहाँले एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो। यसको लागि पार्टीलाई गोलबन्द बनाएर लैजानु पर्ने पोखरेलको धारणा छ। विगतको कामको समीक्षा गरी भविष्यको दिशा निर्देश गर्नुपर्ने महासचिव पोखरेलले बताउनुभयो।

देश विकासको लागि राजनीतिक अस्थिरता र सामाजिक अराजकता अन्त्य गर्नुपर्नेमा महासचिव पोखरेलले जोड दिनुभयो। ‘सामाजिक अराजकताको चरित्रलाई बदल्न सकिएन भने राष्ट्र निर्माणको हाम्रो आकाङ्क्षा पूरा हुन सक्दैन’, महासचिव पोखरेलले भन्नुभयो।

देशलाई पछाडि धकेल्न चाहनेलाई रोकेर देश निर्माणको अनुकूल वातावरण निर्माण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । यसमा भूतपूर्व सैनिक र प्रहरीको महत्त्वपूर्ण भूमिका भएको पोखरेलको धारणा छ। पार्टी र देश विरुद्धको षडयन्त्रलाई परास्त गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो।