अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची


काठमाडौँ-सङ्घीय संसद्अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ। कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो।

बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन, २०८१–०८२ माथि छलफल गर्ने कार्यसूची छ।

सोही समयमा सुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुनेछ।

दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।