अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित

एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित


विराटनगर-नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी निर्वाचित हुनुभएको छ। बिहीबार साँझ सम्पन्न निर्वाचनमा गिरीले १७३ मत प्राप्त गरी प्रतिस्पर्धी रोहित कोइरालालाई १२१ मतले पराजित गरेको हो।

यसैगरी उपाध्यक्षमा सुरज न्यौपाने निर्वाचित हुनुभएको छ। उहाँले १४५ मत प्राप्त गरी विराटनगर महानगरपालिका-८ का वडा अध्यक्ष राम पोख्रेललाई १३६ मतले पराजित गरेको हो।

सचिवमा विज्ञान चापागाईँले १८३ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नवराज काफ्लेलाई ७९ मतको फराकिलो अन्तरले पराजित गरेका छन्। यसैगरी, उपसचिवमा हमिद आजादले १७८ मत प्राप्त गरी चन्द्र शेखर विश्वासलाई ८० मतले पछाडि पारेका छन्।

महिला उपसचिवमा हिमा मैनाली पोखरेलले १६९ मत हासिल गरी कला डाँगीलाई ५८ मतको अन्तरले पराजित गरेको हो। डाँगीले १११ मत प्राप्त गर्नुभएको थियो।