अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीबाट पूर्व-पश्चिम राजमार्गको गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन

प्रधानमन्त्री ओलीबाट पूर्व-पश्चिम राजमार्गको गोन्द्राङ-पुल्चोक ६ लेन सडक उद्घाटन


चितवन-चितवनको नारायणगढदेखि गोन्द्राङसम्मको ६ किलोमिनेटरको सडकको उद्घाटन गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

६ किलोमिटरको ६ लेनकै उक्त सडक एसियाली मापदण्डको छ। सडक विस्तारको जिम्मा सगुन कन्स्ट्रक्सन प्रालिले पाएको थियो।  

यसअघि आजै नै प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री सिंहले कुरिनटारस्थित इच्छाकामना गाउँपालिकाको प्रमुख प्रशासकीय भवन उद्घाटन गर्नुभएको थियो।