काठमाडौं- शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने माग राखी १७ दिन आन्दोलनमा रहेका शिक्षक प्रतिनिधीहरु बालुवाटारमा पुगेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ शिक्षक महासंघका प्रतिनिधीहरुलाई वार्ताका लागि बालुवाटारमा बोलाउनु भएको थियो ।
चितवनको कार्यक्रम सकेर प्रधानमन्त्री भर्खर मात्र फर्कनु भएकोले केहीबेर पछि वार्ता सुरु जनाइएको छ ।प्रधानमन्त्रीसँग वार्ता गर्न महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी महासंघका उपाध्यक्ष नानुमाया पराजुली, महासचिव तुलबहादुर थापा,उपमहासचिव मदनराज जोशी सहित ६ जना प्रतिनिधी बालुवाटार पुगेका छन् ।
प्रतिक्रिया