काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय हितलाई सबैभन्दा माथि राखेर सोच्नु पर्ने बताउनुभएको छ।
वर्गीय र सामुदायिक स्वार्थका कुरा उठाउँदा राष्ट्रिय हितलाई बिर्सन नहुने उहाँको धारणा छ। ‘हरेकले आफ्नो वर्गीय र सामुदायिक स्वार्थको कुरा उठाउँदा राष्ट्रिय हितलाई बिर्सनु हुँदैन’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ।
राष्ट्रिय दृष्टिकोण बिना गरिने आन्दोलनले देशलाई थप समस्याग्रस्त बनाउने उहाँले उल्लेख गर्नुभएको छ। ‘राष्ट्रिय दृष्टिकोण विना वर्ग वा सामुदायिक स्वार्थका लागि गरिने आन्दोलन र दबाबले देशलाई अझ समस्याग्रस्त बनाउन सक्छ’, महासचिव पोखरेलले लेख्नु भएको छ।
प्रतिक्रिया