अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भौतिक मन्त्री देवेन्द्र दाहाललाई एमालेको २५ पृष्ठ सुझाव 

भौतिक मन्त्री देवेन्द्र दाहाललाई एमालेको २५ पृष्ठ सुझाव 


काठमाडौं-नेकपा एमालेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समावेश गर्ने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई २५ पृष्ठ सुझाव दिएको छ।

शनिबार पार्टी कार्यालय च्यासलमा पार्टीको भौतिक पूर्वाधार तथा यातायात विभागले गरेको कार्यक्रममा विभागीय प्रमुख गोकर्ण विष्टले सरकारको कामलाई प्रभावकारी बनाउन पार्टीको तर्फबाट सुझाव दिईएको बताउनुभयो।

एमालेले सडक विभाग, यातायात व्यवस्था विभाग, रेल विभाग तथा पानी जहाज कार्यालयसँग सम्वन्धित विभिन्न विषयहरु समेटेर लिखित सुझाव दिएको हो। योजना तथा कार्यक्रमहरुलाई नागरिक सम्म प्रभावकारी रुपमा पुर्‍याउन सरकारको नीति था कार्यक्रम एवम् बजेटमा समावेश गर्नु पर्ने विषयहरु प्राथमिकताका साथ समेटेर सुझाव दिईएको विष्टले बताउनु भयो । राष्ट्रिय गौरवका तथा राष्ट्रिय महत्वका आयोजनाहरु, विकट तथा दुर्गम क्षेत्र, रणनीतिक महत्वका योजना, आर्थिक विकास र रोजगारी सिर्जनाहरु योजना लगायतलाई नीति कार्यक्रम तथा बजेटमा समावेश गर्न एमालेको सुझाव छ।

कार्यक्रममा एमालेका पोलिटव्युरो सदस्य समेत रहनु भएका मन्त्री दाहालले पार्टीले अल्पकालिन तथा दिर्घकालिन आवश्यकताहरुलाई संवोधन हुने गरी महत्वपूर्ण सुझाव दिएको बताउनुभयो। आगामी वर्षको बजेटमा निर्माणाधिन तथा अधुरा योजनाहरु पूरा गराउन प्राथमिकता दिईने उहाँले उल्लेख गर्नुभयो। सडक सञ्जाल नपुगेका ठाउँमा सडक सञ्जाल पुर्‍याउने, आफ्नै देशको एक भागबाट अर्को भागमा पुग्न अरु देशको बाटो प्रयोग गर्नु पर्ने बाध्यता हटाउने, उत्पादन वृद्धी र रोजगारी सिर्जनामा सहयोग पुग्ने, राजश्व संकलन तथा वैदेशिक व्यापारलाई सहज गराउने लगायतका क्षेत्रमा बजेटले प्राथमिकता पाउने उहाँको भनाई थियो

समुद्रमा नेपाली पानी जहाजको पहुँच स्थापित गर्न अन्तर्राष्ट्रिय सन्धि तथा कानूनहरुको अध्ययन भई रहेको, सार्वजनिक यातायातलाई व्यवस्थित पार्न प्रविधियुक्त बनाउने काम भई रहेको, रुग्ण आयोजनाहरुको पहिचान गरि समस्या समाधान तथा रेल मार्ग विस्तार र निर्माणमा देखिएका समस्या निराकरण तर्फ मन्त्रालयले ध्यान दिएको मन्त्री दाहालले बताउनुभयो