काठमाडौँ-२१ दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनरत शिक्षकहरूले सडकमै शोक मनाएका छन्। राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा सवारी दुर्घटनामा परी मनाङ नार्फु गाउँपालिका-८ को जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको मृत्युभएपछि सडकमै शोक मनाएका हुन्।
आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा घलेले ज्यान थियो। डुम्रे–बेँसीसहर सडकखण्डमा डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको थियो।
प्रअ घलेको निधनमा दु:ख व्यक्त गर्दै शिक्षकहरूले आज मौन प्रदर्शन गरेर शोक मनाएको नेपाल शिक्षक महासंघले जानकारी दिएको हो।
आज शिक्षकहरूले काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वरसम्म मौन प्रदर्शन गरेका थिए। त्यसपछि बानेश्वरमा आयोजित कोणसभामा शोक मौनधारणसहित शोक मनाएका थिए।
आजको आन्दोलनमा नाचगान तथा नाराबाजी केही नगर्ने महासंघले जनाएको छ। शिक्षक ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू सडक आन्दोलनमा छन्।








प्रतिक्रिया