अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै


काठमाडौं-राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (मंगलबार) बस्दै छ।

परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो। 

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिनुभयो। ‘अध्यक्ष डा.महाश्रम शर्माले बैठक बोलाउनु भएको छ,’ अर्यालले भन्नुभयो, ‘बैठकमा कक्षा १२ को परीक्षासहित विभिन्न विषयमा छलफल होला।’

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ। परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो।

अर्यालले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताउनुभयो । ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएको छ,’ उहाँले भन्नुभयो।

कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुने-नहुने अन्योल छ। यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँच लाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ।

आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन्।