अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा यस्तो देखियो शिक्षकहरूको २१औँ दिनको आन्दोलन

तस्बिरमा यस्तो देखियो शिक्षकहरूको २१औँ दिनको आन्दोलन


काठमाडौं-शिक्षा ऐन लगायत विभिन्न माग गर्दै सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकहरुले २१ औं दिन आज पनि प्रदर्शनलाई निरन्तरता दिएका छन्।

शिक्षकहरूले काठमाडौंको माइतीघर-बानेश्वर सडकमा नाच्दै-गाउँदै प्रदर्शनजारी राखेका हुन्। उनीहरुले विद्यालय शिक्षा विधेयक जारी गर्न माग गर्दै विगत २० दिनदेखि आन्दोलन गरिरहेका छन्।

सरकारले तत्काल शिक्षा विधेयक जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिद्धता जनाउँदा समेत आन्दोलन छोडेका छैनन्। यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा निर्धारित समयमै गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेपनि शिक्षकहरू आज पनि सडकमा छन्।

तस्बीरमा हेर्नुहोस्