अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम एमालेले गरेको हो: शंकर पोखरेल

नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम एमालेले गरेको हो: शंकर पोखरेल


काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर सहयोग पुर्‍याएको बताउनुभएको छ। 

नेपा कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा चैत ९ गते काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दलहरू माथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देश भित्रै रहेर लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गराउनुभयो। नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा एमाले देशको अग्रणी पार्टी भएको महासचिव पोखरेलले बताउनुभयो। 

विभिन्न घटनाबाट पाठ सिकेर नेपालको लोकतान्त्रिक आन्दोलन अघि बढेको महासचिव पोखरेलले बताउनुभयो। ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही साबित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन्’, महासचिव पोखरेलले भन्नुभयो। 

संसदीय व्यवस्था विकृत भएको बेलामा पनि त्यसलाई सही बाटोमा ल्याउने नेकपा एमालेले काम गरेको महासचिव पोखरेलले बताउनुभयो। उहाँले नेपाललाई समाजवादी बाटोमा अघि बढाउने सिलसिलामा पनि एमालेको भूमिका उल्लेख्य रहेको महासचिव पोखरेलले स्पष्ट पार्नुभयो। 

समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई अघि बढाउने कुरामा नेकपा एमाले प्रतिबद्ध रहेको उहाँले बताउनुभयो। सोही प्रतिबद्धता अनुसार नेकपा एमाले अघि बढिरहेको उहाँले जानकारी दिनुभयो। 

यतिबेला राजावादीको नाममा पूर्वमण्डलेहरुले आक्रमण गरिरहेका बताउँदै त्यसलाई उजागर गर्नु सबैको कर्तव्य भएको उहाँले बताउनुभयो।