अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनताको साथमा जाऊँ, जनताको हितका कुरा उठाऊँ: शान्ता मानवी 

जनताको साथमा जाऊँ, जनताको हितका कुरा उठाऊँ: शान्ता मानवी 


काठमाडौं-नेकपा एमालेकी नेतृ शान्ता मानवीले देश र जनताको अवस्था विगतको भन्दा निक्कै परिवर्तन भएको बताउनु भएको छ। 

आज नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेतृ मानवीले पार्टी अहिलेको परिस्थितिमा त्यतिकै नआएको बताउनुभएको छ। 

नेतृ मानवीले हिजोको भन्दा जीवनशैली निक्कै बदलिएको बताउनुभयो। ‘हिजोको परिस्थिति र आजको परिस्थितिमा निक्कै फेरबदल आएको छ, जहाँ जहाँ कमजोरी छ, त्यसलाई सच्याएर अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो। 

परिवर्तन भएको छैन भन्नेलाई तथ्य सहित प्रतिवाद गर्नुपर्ने उहाँले बताउनुभयो। ‘अहिले देशमा नकारात्मक कुरा फैलाउने काम भइरहेको छ, खै कहाँबाट परिचालित भएको छ, परिवर्तन भएको छ कि छैन, इतिहास पनि हेर्नुपर्छ, पार्टी भित्र पनि वैचारिक स्तर कमजोर भएको छ, वैचारिक प्रशिक्षण दिनु पर्छ’, उहाँले भन्नुभयो। 

उहाँले अरूले के भन्छ भन्ने भन्दा पनि आफू राम्रो हुनु पर्ने बताउनुभयो। ‘कसले के भन्छ भन्ने चिन्ता नगरौँ, जनताको साथमा जाउँ, जनताको हितका कुरा उठाऊँ’, उहाँले भन्नुभयो। 

उहाँले समाज र मानिसको जीवनस्तर निक्कै परिवर्तन भएको पनि बताउनुभयो। आफूहरू टाटीको सेल्टर लिएर बसेका घर अहिले पक्की बनेका मानवीले सुनाउनुभयो। 

कार्यक्रममा मानवी लगायत कम्युनिष्ट पार्टीका सात जना अग्रज योद्धाहरूलाई सम्मान गरिएको थियो।