अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी गरियो: प्रधानमन्त्री ओली

राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी गरियो: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले राम्रो काम गरेपछि चौतर्फी घेराबन्दी गरेको आरोप लगाउनु भएको छ।

नेकपा स्थापनाको ७६औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले राम्रो काम गर्दा सरकारमाथि चौतर्फी घेराबन्दी भइरहेको बताउनु भएको हो।

प्रधानमन्त्री ओली भन्नुभयो, ‘राम्रो काम गर्दा सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ। विरोधीहरू संगठीत भएर घेराबन्दी र हमला गरिरहेका छन्। समाज बिगार्नेहरूले, राष्ट्रलाई नोक्सान पार्न खोज्ने तत्वहरूले राम्रो काम गर्नेहरूलाई नै सबैभन्दा चर्को गरी घेराबन्दी गर्ने काम गरिरहेका छन्। यसमा विभिन्न प्रकारका तत्वहरू सामेल भइरहेका छन् ।’

प्रधानमन्त्री ओलीले नेकपा एमालेबाहेकका पार्टीले समृद्ध नेपाल सुखी नेपाली भन्न नसकेको पनि बताउनु भयो।