अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षा सचिव र परीक्षा बोर्डका अध्यक्ष बालुवाटारबाट बाहिरिए : कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन

शिक्षा सचिव र परीक्षा बोर्डका अध्यक्ष बालुवाटारबाट बाहिरिए : कक्षा १२ को परीक्षा सार्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिनुभएको छ ।

बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिए ।यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । बालुवाटारबाट बाहिरिदै गरेका सचिव काफ्लेका अनुसार अबको एक् दुई ण्टामा केही नयाँ निर्णय आउँछ । थप कुरा मलाई बोल्न नलगाउनुहोस ।
शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा गराउन असहज स्थिती बनेको रिर्पोटिङ गरेपछि प्रधानमन्त्रीले परीक्षा हाललाई सार्ने निर्देश्न दिनुभएको हो ।

सोही अनुसार बोर्ड बैठक बसेर परीक्षा सार्ने तयारी छ । केहीबेरमा परीक्षा बोर्डले सूचना जारी गरेर जानकारी गराउँदैछ ।