काठमाडौं-नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औं राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा सह प्रा.डा. पद्मप्रसाद खतिवडा निर्वाचित हुनुभएको छ। काठमाडौंको त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित स्मृति भवनमा वैशाख ९ गते सम्पन्न सङ्गठनको ११ औं राष्ट्रिय सम्मेलनले खतिडालाई अध्यक्षमा चयन गरेको हो। सह प्रा.डा. यस अघि महासचिव हुनुहुन्थ्यो।

सम्मेलनबाट उपाध्यक्षहरूमा वरिष्ठ उपाध्यक्षमा मनोज विष्ट चयन हुनुभएको छ। यसैगरी, उपाध्यक्षहरुमा नरेन्द्र कोइराला, भरत राई, तेज बिक्रम बस्नेत, रामजी पोखरेल, बलराम रायमाझी, तिलक भुसाल, नरेन्द्र सिवाकोटी र महिला उपाध्यक्षमा माया घिमिरे निर्वाचित हुनुभएको छ।
त्यस्तै, महासचिवमा सह प्रा.डा. सुमन खरेल निर्वाचित हुनुभएको छ। यसैगरी, उप-महासचिवहरुमा नन्दीकिशोर नेपाल दिनेश पन्थी र देवराज आर्याल चयन हुनुभएको छ।
यसैगरी सचिवहरुमा कोशी प्रदेशबाट होम बहादुर बस्नेत, मधेश प्रदेशबाट किशोर साह, बागमती प्रदेशबाट छवी बराल, गण्डकी प्रदेशबाट श्रीकान्त खतिवडा, भुवनेश्वर लामिछाने, विष्णु कुमार खड्का र कृष्ण सिंह साउद निर्वाचित हुनुभएको छ।
यसैगरी कोषाध्यक्षमा कृष्ण ओझा र सह-कोषाध्यक्षमा चन्द्र बदना राई चयन हुनुभएको छ।
सम्मेलनले अनुशासन आयोग अध्यक्षमा बाबुराम चापागाईँ र सचिवमा मिन प्रसाद अधिकारी चयन गरेको छ।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको थियो ।
‘पेसागत सुरक्षा र आत्मसम्मान, अनुसन्धानमूलक र गुणस्तरीय शिक्षा हाम्रो अभियान’ भन्ने मूल भावका साथ प्रगतिशील प्राध्यापक संगठनको ११औँ सम्मेलन वैशाख ८ गतेदेखि गतेदेखि सुरु भएको थियो। सम्मेलनमा देशभरका करिब सात सय प्रतिनिधिको सहभागी भएको सङ्गठनले बताए ।
सम्मेलनमा विश्वविद्यायलयलाई पारदर्शी, प्रतिस्पर्धी, विद्यार्थी तथा अभिभावकमैत्री बनाउने विषयका साथै विश्वविद्यालयको छाता ऐन निर्माणका लागि जोड दिएको छ।
प्रतिक्रिया