अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

यस्तो बन्दै छ एमालेको ‘यूथ सेलिब्रेशन’ मञ्च 

यस्तो बन्दै छ एमालेको ‘यूथ सेलिब्रेशन’ मञ्च 


काठमाडौं-नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा भोलि काठमाडौंमा आयोजना गर्ने ‘यूथ सेलिब्रेसन’ मञ्च विशेष विशेष खालको बनाउने भएको छ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रूपमा मनाउन एमालेले काठमाडौंको भृकुटीमण्डपमा भोली दिउँसो १ बजेबाट यूथ सेलिब्रेसन गर्दै छ। भोलिको कार्यक्रम सबै रूपले विशेष हुने कार्यक्रम समन्वय संयोजकको भूमिका निर्वाह गरिरहनुभएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले बताउनुभयो।

भोलिको कार्यक्रमको मञ्च व्यवस्थापनदेखि कार्यक्रमसम्म विगतका कार्यक्रम भन्दा फरक हुने उहाँले बताउनुभयो । भोलि दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रमको लागि मञ्च निर्माणको काम सुरु भएको छ। आज रातभरिमा मञ्च बन्ने ढुङ्गेलले जानकारी दिनुभयो।

कार्यक्रमको लागि १ हजार स्वयंसेवक परिचालन हुने भएका छन्। कार्यक्रमभर २० भन्दा बढी स्थानमा स्वयंसेवक परिचालन हुने छन्।

भोलिको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्नु हुने छ। बाँकी सबै वक्ताहरू युवा हुने छन्। विभिन्न उमेर समूहका युवाहरूले कार्यक्रमलाई सम्बोधन गर्नुहुने छ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन्। कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत राखिने भएको छ।