अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त


काठमाडौं-रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएको छ।  नेकपा (एमाले) नेता रघुजी पन्त प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त गर्नुभएको हो। 

निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते सोमबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिनुभएपछि पन्तलाई मन्त्रीको जिम्मेवारी दिइएको हो। पन्तले भोलि शपथ लिँदै हुनुहुन्छ।  

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) लाई  पदबाट बरखास्त गर्नुभएको छ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी  नियुक्ति, हेरफेर र कार्य विभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ । जसमा ऊर्जा राज्यमन्त्री कान्छारामको नाम हटाइएको छ। 

मन्त्री बनेका पन्तको वरीयता आठौँ नम्बरमा राखिएको छ। पन्त पूर्व श्रममन्त्री पनि हुन्। आज पुनर्गठन भएको मन्त्रिपरिषद्‌ सदस्यको संख्या २४ पुगेको छ।