अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेस र एमालेबीच भएको सहमतिमा तलमाथि हुँदैन: पूर्णबहादुर खड्का 

कांग्रेस र एमालेबीच भएको सहमतिमा तलमाथि हुँदैन: पूर्णबहादुर खड्का 


काठमाडौं-नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ।

नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संघको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले कांग्रेस र एमालेबिच भएको सहमतिको आधारमा उद्देश्य प्राप्त गर्न अगाडि बढ्नु पर्ने बताउनुभयो। ‘पहिलो कुरा सरकारको कमी कमजोरीहरू सच्चाउनु छ, काम गर्ने कुरामा कतै तलमाथि भएको छ भने त्यो शैली बदल्नु छ, कांग्रेस र एमालेबिच भएको सहमतिको आधारमा हामी जहाँ जानलाई जे उद्देश्य प्राप्त गर्नको लागि सहमति गरेका छौँ त्यसमा दायाँ बायाँ हुँदैन’, उहाँले भन्नुभयो। 

सरकार सञ्चालनलाई राम्रो बनाउँदै लैजानु पर्ने उहाँले बताउनुभयो । आम नागरिकको मानसिकतालाई बुझेर समस्या सम्बोधन हुने गरी हाम्रो अभिव्यक्ति, निर्णय र काम मार्फत जनतामा भएको असन्तुष्टिलाई घटाउँदै विश्वासको वातावरण निर्माण गर्नुपर्छ भनेर प्रधानमन्त्रीलाई समेत भनि सकिएको उहाँले सुनाउनुभयो । 

कांग्रेस र एमालेको बिचमा भएको समझदारीको काममा ढिला भएको भन्दै उहाँले अब चाँडै एउटा कार्यदल बनाएर अगाडि बढ्ने बताउनुभयो । ‘संविधान संशोधनको प्रक्रियालाई अघि बढाउने कुरामा कांग्रेस र एमालेको बिचमा एउटा समझदारी भएको छ, त्यो काममा ढिला भएको छ, संयन्त्रमा म छु पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्विकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन, अब चाँडै नै भएको सहमतिको आधारमा पहिला कांग्रेस र एमालेको बिचमा एउटा कार्यदल बनाएर, कार्यदलले दुई दलको बिचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने र त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसदमा रहेका अन्य दलहरूसँग संवाद गर्ने छौँ’, उहाँले भन्नुभयो ।