अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्ः अर्थमन्त्री पौडेल

शिक्षकका माग वार्ताबाटै सम्बोधन हुन्छन्ः अर्थमन्त्री पौडेल


काठमाडौं-उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षकहरुको माग वार्ताका माध्यमबाट नै सम्बोधन हुने बताउनु भएको छ।

अर्थ समितिको बुधबारको बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले विश्वमा ठूला-ठूला युद्धहरु र नेपालकै परिवेशमा १० वर्षे शसस्त्र द्वन्द्व वार्ताकै माध्यमबाट टुंगिएको भन्दै गुरुहरुका माग पनि वार्ताबाटै टुंगिने बताउनु भयो।

अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘शिक्षकहरु आन्दोलनमा आउनुभएको छ। सरकारले उहाँहरुलाई सम्मानपूर्वक सम्बोधन गर्दै आएको छ। सरकारको आग्रह के हो भने यो सरकारले शिक्षकका अथवा कुनै पनि समुदायको समस्याहरु सुुन्छ। सामथ्र्यको सीमाभित्र रहेर समाधान गर्छ। त्यसैले ज्ञापनपत्रको माध्यमबाट पनि समाधान गर्न सकिन्थ्यो। तर उहाँहरु आन्दोलनमा आउनुभयो र सरकारले वार्तामा आउनुहोस् भनेर जोड दियो। नआएपछि अनौपचारिक रुपमा शिक्षा मन्त्रालयले कसरी समाधान गर्ने भनेर छलफल पनि गर्यो । सरकारले माग पूरा गर्छ उहाँहरुले आन्दोलन फिर्ता लिने र विधेयक चालु अधिवेशनमा प्रस्तुत गर्ने र टुङग्याउने ढंगले जाउभन्ने हिसाबले कुरा भएको हो। सरकार सकारात्मक समाधानको पक्षमा नै छ। शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट नै टुङगीन्छ।’