काठमाडौं-नयाँ वर्ष २०८२ को अवसरमा नेपाल मगर संघ, उदयपुर-काठमाडौं सम्पर्क समितिले उदयपुरबासीहरुलाई एकताबद्ध पार्ने उदेश्यका साथ बृहत् वनभोज तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन साथै शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।
वनभोज तथा भित्तेपात्रो विमोचन कार्यक्रम २०८२ वैशाख १३ गते शनिवार बालाजु बाइस धारा, काठमाडौंमा गर्न लागेको सिमितिले जनाएको हो।
कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगर, विशिष्ठ अतिथिमा प्रतिनिधि सभा सदस्य, उदयपुर क्षेत्र-२ का माननीय अम्बरबहादुर रायमाझी र नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका अध्यक्ष झबिन्द्र पुन मगर रहनुहुने नेपाल मगर संघ, उदयपुर काठमाडौं सम्पर्क समितिको सूचना तथा सञ्चार संयोजक खड्गबहादुर मगरले जानकारी दिनुभयो।
उदयपुर जिल्लाबाट आई विभिन्न पेसा, व्यवसाय गरी काठमाडौँमा स्थायी वा अस्थायी रूपमा बस्नुहुने सबैलाई समेट्ने अभिप्रायले बृहत् वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको नेपाल मगर संघ, उदयपुर काठमाडौं सम्पर्क समितिका अध्यक्ष केशरबहादुर मगरले बताउनुभयो।
अध्यक्ष मगरले भन्नुभयो, ‘बालाजु बाइस धारा काठमाडौंमा भव्य र सभ्य रुपमा सम्पन्न गर्न गइरहेको बृहत् वनभोज तथा भित्तेपात्रो विमोचन कार्यक्रममा नेपाल मगर संघ, सम्पर्क समन्वय केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु, जिल्ला सम्पर्क समन्वय समितिका पदाधिकारी तथा सदस्यहरु, विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल मगर संघ उदयपुर-काठमाडौँ सम्पर्क सिमितिका सल्लाहकारहरु, सामाजसेवी, बुद्धिजीवि, व्यावसायी, कलाकार, शिक्षक, वकिल, पत्रकार, विद्यार्थी, कर्मचारी, बुवाआमा दिदीबहिनी, दाजुभाइ र सिमितिलाई माया र शुभेच्छा प्रकट गर्नुहुने मगर तथा गैर मगर एवं उदयपुरबासीहरूको सहभागी रहेछ। साथै उदयपुरकै स्थानीय एवं राष्ट्रिय स्तरको कलाकारहरुमार्फत रचनात्मक एवं मनोरञ्जनात्मक बेजोड सांस्कृतिक प्रस्तुती समेत हुनेछ। अध्यक्ष मगरले बृहत् वनभोज तथा भित्तेपात्रो विमोचन कार्यक्रममा सम्पूर्ण महानुभावहरुलाई निमन्त्रणा समेत गर्नुभएको छ।

बृहत् वनभोज, भित्तेपात्रो विमोचन तथा भेटघाट कार्यक्रमको सम्पूर्ण तयारी भएको नेपाल मगर संघ, उदयपुर काठमाडौं सम्पर्क समितिका सचिव गणेश बहादुर मगरले जानकारी दिनुभयो। सचिव मगरले भन्नुभयो, ‘नेपाल मगर संघ, उदयपुर काठमाडौं सम्पर्क समितिले विगत वर्षहरुमा झैं यस वर्ष पनि २०८२ वैशाख १३ गते शनिवार बालाजु बाइस धारामा बृहत् वनभोज, भित्तेपात्रो विमोचन तथा भेटघाट कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न गइरहेका छौं। सोही कार्यक्रमको लागि कामको जिम्मेवारी बाँडफाँट गरी सम्पूर्ण तयारी पूरा भइसकेको छ।’
बृहत् वनभोज कार्यक्रममा सहभागी हुनका निम्ति न्युन रकम तोकिएको नेपाल मगर संघ, उदयपुर काठमाडौं सम्पर्क समितिका कोषाध्यक्ष तथा आर्थिक विभाग संयोजक रोजकुमार मगरले बताउनु भयो। कोषाध्यक्ष मगरले एकता सहयोग रचनात्मक कार्य गर्दै सामाजिक सद्भाव कायम गर्न तथा एउटै जिल्ला, नगरपालिका गाउँपालिका र वडा एवं गाउँका नागरिकहरू एक आपसमा भेट नहुने व्यस्ततालाई भेटघाट गर्ने, मनोरञ्जन गर्दै मनका भावनाहरू साटासाट गर्नका लागि वनभोज कार्यक्रम गर्न लागेको बताउनुभयो।
प्रतिक्रिया