काठमाडौं- नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज (वैशाख ११ गते) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ।
पन्तलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम छ।
नेकपा एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिनुभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै सांसद पन्तलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त गर्नुभएको हो।
पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्नु हुनेछ। पन्तसँग यसअघि श्रम मन्त्री बनेको अनुभव छ ।
प्रतिक्रिया