अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ [तस्बीरहरु]

भृकुटीमण्डपमा एमालेको ‘युथ सेलिब्रेसन’ [तस्बीरहरु]


काठमाडौं-नेकपा एमालेले पार्टी स्थापना र लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ। एमालेले दिउँसो १ बजेबाट काठमाडौंको भृकुटीमण्डपमा ४० वर्षमुनिका एक लाख युवाहरूलाई उतार्ने तयारी गरेको छ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरूआएको र जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवा सेलिब्रेशन गर्नुपर्छ भन्ने मान्यतासहित कार्यक्रम गर्न लागेको हो।

कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले संक्षिप्त मन्तव्य राख्ने कार्यक्रम छ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुने छन्। त्यस्तै कफिसप, फुडसपहरू तथा युवाले उत्पादन गरेका सामानहरूको स्टल समेत कार्यक्रममा राखिने भएको छ। 

कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेललेबाहेक सबै युवाहरुले बोल्ने कार्यक्रममा तय भएको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताउनुभयो।

कार्यक्रममा बोल्नको लागि १६ देखि ४० सम्म उमेर समूहको वक्ता छनोट गरिएको छ। जसमा सबै समूहलाई समेटेर समावेशी पनि बनाइएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य इलाम २ बाट निर्वाचित सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोल, कपिलवस्तु शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी, बागलुङ क्याम्पसको स्ववियू सभापति याश्मिन शेख, पिएन क्याम्पसको सभापति विष्णु पोखरेल, युवा डाक्टर आनन्द सिंह, दलित युवा नेपाल ल क्याम्पसका प्रकाश सुनार, कोटेश्वर क्याम्पसको स्ववियू सभापति उम्मेदवार शर्मिला भण्डारी लगायतले बोल्ने अध्यक्ष थेवेले बताउनुभयो।