अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लोकतन्त्रको पक्षमा नारा लगाउँदै एमालेका युवा भृकुटीमण्डपमा भेला हुँदै

लोकतन्त्रको पक्षमा नारा लगाउँदै एमालेका युवा भृकुटीमण्डपमा भेला हुँदै


काठमाडौं-नेकपा एमालेले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौं भृकुटीमण्डपमा आयोजना गरेको युवा महोत्सवमा युवाहरू भेला हुने क्रम जारी छ। 

देशै भरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा हुने क्रम सुरु भएको छ। एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, ‘यूथ सेलिब्रेसन’को रूपमा मनाउँदै छ। कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ। 

सो अवसरमा आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले दाबी छ। कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नुहुने छ। 

कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन्।