अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जनताले जितेको दिन: भृकुटीमण्डप गुञ्जायमान बन्दै 

जनताले जितेको दिन: भृकुटीमण्डप गुञ्जायमान बन्दै 


काठमाडौं-जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंका भृकुटीमण्डप गुञ्जायमान भएको छ।
नेकपा एमालेले जनताले जितेको दिनको अवसरमा आयोजन गरेको यूथ सेलिब्रेसन कार्यक्रम सहभागी हुन देशभरका युवाहरू लोकतन्त्र निन्दावादको नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ।

आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी तथा नृत्य लगायत प्रस्तुत हुँदै छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिनुहुने छ।

कार्यक्रम स्थलमा कलाकारहरू उपस्थित भएर कार्यक्रम स्थललाई गुञ्जायमान बनाउन सुरु गरिसक्नु भएको छ । आजको कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनु भएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभयो ।

देशै भरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा हुने क्रम चलिरहेको छ। कार्यक्रममा सहभागी हुन काडठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप गइरहेका छन्।
आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेकाे दाबी छ। कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नुहुने छ।

कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनु भएका ढुङ्गेलले जानकारी दिनुभयो।