काठमाडौं-शिवराज नगरपालिका कपिलवस्तुकी उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एक भएर अघि बढ्ने बताउनु भएको छ।
लोकतन्त्र दिवसको अवसरमा आज भृकुटीमण्डपमा नेकपा एमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उपप्रमुख थारुले गणतन्त्रले राज्यका हरेक क्षेत्रमा सबै क्षेत्र, वर्ग र समुदायको सहभागिता सुनिश्चित गरेको दाबी गर्नुभयो।
‘विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्र माथि प्रहार गरिरहेका छन्, युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नु पर्छ’, उहाँले भन्नुभयो ।
समतामूलक समाज निर्माणका लागि गणतान्त्रिक व्यवस्थाले टेवा पुर्याएको उहाँले बताउनुभयो । सङ्घर्षले ल्याएको गणतन्त्र रक्षाको लागि सम्पूर्ण युवा एकजुट भएर लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया