अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीले भोलि संसद्‍मा सम्बोधन गर्नुहुने

प्रधानमन्त्री ओलीले भोलि संसद्‍मा सम्बोधन गर्नुहुने


‍काठमाडौ-प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि शुक्रबार वैशाख १२ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ। संघीय संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्न लाग्नु भएको हो।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि प्रधानमन्त्रीले संसद्‍मा सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिनुभयो। ‘भोलिको बैठकमा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्नुहुन्छ,’प्रमुख सचेतक बर्तौलाले भन्नुभयो, ‘समसामयिक विषयमा धारणा राख्नुहुन्छ।’

शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ। बजेट अधिवेशनमा शिक्षा र निजामती विधेयक पनि अघि बढाइने तयारी रहेको नेताहरूले बताएका छन्।