अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भूकम्प स्मृति दिवस: प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने

भूकम्प स्मृति दिवस: प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने


काठमाडौं-आज काठमाडौंको सुन्धारामा अवस्थित धरहरा परिसरमा भूकम्प स्मृति दिवसको विशेष कार्यक्रम गर्दैछ। सुरक्षित पूर्वाधार निर्माणका लागि सचेतना जगाउने उद्देश्यका साथ आज भूकम्प स्मृति दिवस मनाउन लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम हुँदै छ। उक्त कार्यक्रमको प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुनेछ।

प्रत्येक वर्ष ‘सुरक्षित पूर्वाधार निर्माण गरौँ, भूकम्पबाट जोगिऔँ’ भन्ने सन्देश दिनका लागि भूकम्प स्मृति दिवस मनाउन लागिएको छ । 

विसं २०७२ वैशाख १२ गते अर्थात् आजभन्दा ठिक १० वर्ष पहिले गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले ठूलो जनधनको क्षति गरेको थियो। 

७ दशमलव ६ म्याग्निच्युडको सो भूकम्पमा परी ८ हजार ९ सय ७९ जनाले ज्यान गुमाएका थिए । भूकम्पमा परी २२ हजार ३ सय ९ जना घाइते भएका थिए ।