अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सरकार परिवर्तन हल्ला नचलाउन एमाले सांसद विष्टको आग्रह

सरकार परिवर्तन हल्ला नचलाउन एमाले सांसद विष्टको आग्रह


काठमाडौं-नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद गोकर्ण विष्टले प्रतिपक्षलाई सरकार फेरबदलको हल्ला नचलाउन आग्रह गर्नुभएको छ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसद विष्टले सत्तापक्षले पनि सरकार परिवर्तनको बहसमा अल्झन नहुने बताउनु भयो।

परम्परागतवादीले लोकतन्त्रविरुद्ध उभिने हिम्मत गरिरहेका बेला लोकतन्त्रवादी औचित्यहीन बहसमा अल्झिन नहुने सांसद विष्टको भनाइ छ। सांसद विष्टले बजेट अधिवेशनलाई सफल बनाएर नागरिकमा नयाँ सन्देश दिनुपर्ने पनि बताउनु भयो ।

सांसद विष्टले समस्याहरू समाधान गर्नेगरी सरकार अघि बढेको बताउनु भयो ।