अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते

शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते


काठमाडौं-आन्दोलनरत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमा झडप हुँदा १५ जना घाइते भएका छन्। आन्दोलनको २६औं दिनमा शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेपछि शिक्षक र प्रहरीबीच झडप भएको हो।

बिजुलीबजार–नयाँबानेश्वर क्षेत्रमा प्रदर्शनमा उत्रिएका शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले रोक्न खोजेको थियो।

आन्दोलनको क्रममा घाइते भएका शिक्षकलाई उपचारको लागि सिभिल अस्पतालमा लगिएको छ।

शिक्षा ऐनको माग राख्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि शिक्षकको आन्दोलन जारी छ।