काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जबजको मार्गदर्शन र सही विचार अंगिकार गरेकाले एमाले पहिलो पार्टी बनिरहेको बताउनु भएको छ।
आज मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मदन भण्डारीका विचारलाई कार्यान्वयन गर्न र क्रियाशिल हुन सबैलाई आग्रह गर्नुभयो।

प्रधानमन्त्री ओलीले नेकपा एमालेलाई सिद्धाउन पटक-पटक पार्टी फुटाउन खोजिएको आरोप लगाउनु भयो। प्रधानमन्त्री ओलीले सबै भ्रम तोडेर ‘मिसन ८४’ मा एमाले राष्ट्रिय शक्ति स्थापित हुने बताउनु भयो।
प्रधानमन्त्री ओली भन्नुभयो, ‘सिद्धायौं, टर्च बालेर खोज्नुपर्छ भन्दा पनि चुनाव जितेर अहिले सरकारमै छ त एमाले। फेरि हटायो फेरि सरकारको नेतृत्वमा पुग्छौं। सिद्धायौं भनेको देशको नेतृत्व गरिरहँदा उनीहरुलाई अनौठो लागिरहेको छ।’
प्रतिक्रिया