अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीको व्यंग्य: ‘नावाकाद’हरूले सरकार ढलाउने सपना देख्नेलाई देउवाजी चिसो पानी खन्याइदिनुभयो

प्रधानमन्त्री ओलीको व्यंग्य: ‘नावाकाद’हरूले सरकार ढलाउने सपना देख्नेलाई देउवाजी चिसो पानी खन्याइदिनुभयो


काठमाडौँ-प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नाममा वामपन्थी तर काममा दक्षिणपन्थी ‘नावाकाद’हरू अहिले पनि सक्रिय रहेको आरोप लगाउनु भएको छ।

मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो व्यंग्य गर्नु भएको हो।

प्रधानमन्त्री ओलीले सरकार ढल्यो ढल्यो भन्नेहरूलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैंककबाट फर्किएर चिसो पानी खन्याइदिँदा उनीहरु छक्क परेको टिप्पणी गर्नुभयो।

प्रधानमन्त्री ओलीले ओलीले ‘नावाकाद’को व्याख्या गर्दै भन्नुभएको छ, ‘पहिले विष्णुबहादुर मानन्धरको समूहले केशरजंग रायमाझीहरूलाई नावाकाद भनेको स्मरण छ, अहिले पनि त्यस्ता नावाकादहरू सक्रिय छन्।’

प्रधानमन्त्री ओलीले सरकार विरोधीहरूले दुई उद्देश्य लिएको बताउनुभयो । एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने षड्यन्त्र, अर्को सरकार ढलाउने हल्ला फैलाउने।

‘आज ढल्यो, भोलि ढल्यो भन्दै थिए, शेरबहादुरजी फर्केपछि टाउकामा चिसो पानी खन्याइ दिनुभयो,अहिले उनीहरू छक्क परेका छन्,’ ओलीले कटाक्ष गर्नुभयो।