उदयपुर-उदयपुर सदरमुकाम गाइघाटबाट झापाको काँकरभिट्टा जाँदै गरेको यात्रुबाहक बस सप्तरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
सदरमुकाम गाइघाटबाट हडिया, फत्तेपुर, भान्टाबारी हुँदै काँकरभिट्टा जाँदै गरेको प्र१-०१-००१ ख ३४२० नं. को यात्रु बाहक बस सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका-१० बदगमामा भन्ने ठाउँमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको हो।
दुर्घटना परि एक पुरुष र एक महिलाको घटना स्थलमै बसमा च्यापिएर मृत्यु भएको हो भने ७५ वर्षिया सप्तरी सप्तकोशी नगरपालिका १ का रत्न बहादुर मगरातीको उपचारका क्रममा गोल्डेन अस्पताल बिराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना स्थलमै मृत्यु हुने दुई जनाको सव गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरीमा राखेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया