अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा सुरु भयो विधान महाधिवेशन बहस : जेठ मसान्त भित्र सुझाव पठाउन निर्देशन

एमालेमा सुरु भयो विधान महाधिवेशन बहस : जेठ मसान्त भित्र सुझाव पठाउन निर्देशन


काठमाडौं- नेकपा एमालेमा विधान महाधिवेशनको बहस औपचारिक रुपमा सुरु भएको छ ।
पार्टीको संगठन विभागले सबै कमिटीहरुलाई विधान महाधिवेशनमा समेट्नु पर्ने विषयका बारेमा लेखेर पठाउन निर्देशन जारी गरेपछि यस बारेमा औपचारिक बहस र टिप्पणीहरु सुरु भएका छन् । पार्टीले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको छ । संगठन विभागका सचिव माधव ढुंगेलले जारी गरेको विज्ञप्ती अनुसार पार्टीका सबै कमिटी र कार्यकर्ताबाट पाटीले लिनुपर्ने नीति र विधिका बारेमा राय सुझाव संकलन गरेर आगामी जेठ मसान्तसम्म पार्टी केन्द्रमा पठाउन भनिएको छ ।