अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक मंगलबारसम्म स्थगित


काठमाडौँ-प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताउनुभयो।

सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राख्नुभएको थियो।

त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो। उहाँको त्यो प्रस्तावमा सैद्धान्तिक छलफल भयो। छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत भएको छ। त्यसपछि त्यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ।