अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती सहित यी चार प्रदेशमा आज वर्षाको सम्भावना

बागमती सहित यी चार प्रदेशमा आज वर्षाको सम्भावना


काठमाडौं – देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सोमबारको तुलनामा केही कम वर्षा हुनेछ ।

काठमाडौंमा पनि आज अपराह्नपछि वर्षाको सम्भावना रहेको छ । दिनभर बदली हुने र अपराह्नपछि वर्षा हुने मौस विज्ञान विभागले जनाएको छ ।

आजको तुलनामा काठमाडौंमा भोलि ठूलो वर्षा हुनेछ । बंगालको खाडीबाट आउने वायुमा जलवाष्प बढी हुँदा आजभन्दा धेरै भोलि काठमाडौंमा वर्षाको सम्भावना रहेको हो ।

आजसम्म पूर्व र मध्य तराईमा केन्द्रित रहेको वर्षा भोलिबाट पश्चिम नेपालमा पनि पुग्नेछ ।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेश थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार राति कोसी र मधेस प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागका एकदुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि प्रभाव रहेको छ ।