अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

शिक्षक आन्दोलनलाई थप चर्काएर सरकार ढाल्ने अस्त्र बनाउने प्रयास हुँदैछ: ठाकुर गैरे

शिक्षक आन्दोलनलाई थप चर्काएर सरकार ढाल्ने अस्त्र बनाउने प्रयास हुँदैछ: ठाकुर गैरे


काठमाडौं-नेकपा एमालेका सांसद ठाकुर गैरेले शिक्षक आन्दोलनलाई थप चर्काएर सत्ता ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताउनु भएको छ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद गैरेले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भइरहेको बताउनुभयो।

सांसद गैरेले भन्नभयो, ‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ।आन्दोलनलाई सत्ता ढाल्ने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्छ।’ 

आन्दोलनरत पक्षलाई उकास्ने काम बन्द गरेमात्रै प्रतिपक्षी दलहरूले सोमबार दर्ता गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्य हुने सांसद गैरेले बताउनुभयो।